किशोरकिशोरीहरुको लागि पोषण कार्यक्रमको मुख्य उद्देश्य किशोरकिशोरीहरुको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार गर्नु हो । यसबाट किशोरकिशोरीहरूमा हुने कुपोषण घट्न गई शारीरिक तथा बौद्धिक क्षमताको विकास हुने र भबिष्यमा हुनसक्ने गर्भावस्थाको नकारात्मक परिणाममा समेत सुधार आई अन्तरपुस्ता पोषण चक्रमा सकारात्मक प्रभाव पर्दछ । उक्त मुख्य उद्देश्य प्राप्तिका लागि देहाएबमोजिमका विशिष्टकृत उद्देश्यहरु अवलम्बन गरिनेछ :
१) किशोरकिशोरीहरुको पोषणसम्बन्धी ज्ञान तथा व्यवहारमा परिर्वतन गर्ने ।
२) किशोरकिशोरीहरुमा आइरनको कमीले हुने रक्तअल्पता न्यूनिकरण गर्ने ।
३) किशोरकिशोरीहरुमा हुने कुपोषणहरु (शक्तिको कमी, पुड्कोपना आदि) न्यूनिकरण गर्ने ।
४) किशोरकिशोरीहरुमा जुका नियन्त्रण गर्ने ।
५) किशोरकिशोरीहरुको शारीरिक पोषण अवस्थाको लेखाजोखा गर्ने ।
