मदिराको हानिकारक सेवन र यसको असरबारे जानकारी

Post Updated Date: 1 year ago

मदिराको हानिकारक सेवन भन्नाले रक्सी, वियर, वाइन, जाँडको हानिकारक सेवनलाई जनाउँछ, जसले हाम्रो स्वास्थ्यलाई नराम्रो असर पुर्‍याउँछ । यसको हानिकारक सेवनले मुटु सम्बन्धी रोग, कलेजो सम्बन्धी रोग, क्यान्सर आदि गराउन सक्दछ ।

मानिसहरूले विभिन्न किसिमका मादक पदार्थहरू व्यापक रूपमा सेवन गर्दछन् । मदिराको हानिकारक सेवन विश्वकै एउटा प्रमुख समस्याको रूपमा रहेको छ । यसको सेवनका कारण हरेक वर्ष लाखौं मानिसहरूले अकालमै ज्यान गुमाइरहेका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार मदिरा सेवन ६० किसिमका विभिन्न रोगहरू र चोटपटकको कारक तत्व हो भने यसको कारणबाट विश्वमा हरेक वर्ष २५ लाख मानिसहरूको मृत्यु हुने गर्दछ । विश्वका मानिसहरूमा रोग निम्त्याउने प्रमुख कारक तत्वहरूमध्ये मदिराको प्रयोग तेस्रो स्थानमा पर्दछ । मदिराको प्रयोगले शारीरिक र मानसिक स्वास्थ्यलाई हानि त गर्छ नै साथै यसले विभिन्न किसिमका सामाजिक र आर्थिक समस्या निम्त्याउँछ र विकासका कार्यहरूमा पनि बाधा पुर्‍याउँछ । यसले हिंसा, बाल दुव्र्यवहार, कामप्रति अरुचि बढ्ने जस्ता गम्भीर समस्याहरू पनि निम्त्याउँछ । त्यसैले यसको असर, सेवन गर्ने व्यक्तिलाई मात्र नपरी पूरै समाजलाई नै पर्दछ ।
आंशिक रूपमा गरिएका विभिन्न अनुसन्धान अनुसार मदिराको सीमित मात्रामा सेवन गर्नाले केही हदसम्म फाइदा हुने दर्शाएको छ । तरत्यो अपूणर् हो । यसको सेवन गर्नाले शरीरमा तचष्नथिअभचष्मभक को मात्रा र रक्तचाप बढ्नुका साथै मोटोपना हुने र कलेजो पनि खराब हुने हुन्छ । जसका कारण विभिन्न स्वास्थ्य समस्या र रोग लाग्ने गर्दछ ।

मदिराको हानिकारक सेवन र यसको असरबारे जानकारी_Page_2
मदिराको हानिकारक सेवन र यसको असरबारे जानकारी_Page_2
मदिराको हानिकारक सेवन र यसको असरबारे जानकारी_Page_1
मदिराको हानिकारक सेवन र यसको असरबारे जानकारी_Page_1

स्रोतः राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र ।

error: Content is protected !!