सूर्तिजन्य पदार्थको हानिकारक असरबारे जानकारी

Post Updated Date: 1 year ago

सूर्तिजन्य पदार्थ भन्नाले धूम्रपान वा सूर्ति सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएका चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनी, गुट्खा, सूर्ति वा यस्तै प्रकारका अन्य, सूर्तिजन्य पदार्थलाई बुझिन्छ । जुन धुवाँको रूपमा वा सिधै मुखमा राखेर सेवन गरिन्छ ।

सूर्तिजन्य पदार्थको सेवन गर्नाले विश्वमा लाखाैं मानिसहरूको मृत्यु हुने गर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार सूर्तिजन्य पदार्थको सेवनका कारण हरेक वर्ष करिब ६० लाख मानिसहरूको मृत्यु हुने गर्दछ । जसमध्ये ५० लाख हाल वा पहिले सूर्तिजन्य पदार्थ सेवन गर्ने पर्दछन् भने बाँकी १० लाख अरुले खाएका सूर्तिजन्य पदार्थको धुवाँको सुसुप्त असरका कारण मृत्यु हुनेमा पर्दछन् । हरेक एक सेकेन्डमा एक जना मानिसको मृत्यु सूर्तिजन्य पदार्थको हानिकारक सेवन कारण हुने गरेको अनुमान छ । साथै हालका सूर्तिजन्य पदार्थका प्रयोगकर्ताहरूमध्ये करिब आधाको यसैसँग सम्बन्धित रोगका कारण मृत्यु हुने अनुमान छ ।
धूमपान तथा सूर्ति सेवनलाई नसर्ने रोगहरू जस्तै ः क्यान्सर, मुटुरोग, दिर्घ श्वासप्रश्वास रोगहरूको प्रमुख कारक तत्वको रूपमा लिइन्छ । ९० प्रतिशत फोक्सोको क्यान्सर धूमपान तथा सूर्ति सेवनको कारणबाट नै हुने कुरा प्रमाणित भइसकेको छ । यी सबैले गर्दा नसर्ने रोगहरूको कारणबाट हुने मृत्युदर बढ्न गएर नेपालमा पनि ५१ प्रतिशत पुगेको छ । सन् २०११ को नेपाल जनसांख्यिक सर्वेक्षण अनुसार ५२ प्रतिशत पुरुष र १३.३ प्रतिशत महिलाहरूले सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेको देखिन्छ ।

सूर्तिजन्य पदार्थको हानिकारक असरबारे जानकारी_Page_2
सूर्तिजन्य पदार्थको हानिकारक असरबारे जानकारी_Page_2
सूर्तिजन्य पदार्थको हानिकारक असरबारे जानकारी_Page_1
सूर्तिजन्य पदार्थको हानिकारक असरबारे जानकारी_Page_1

स्रोतः राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र ।

error: Content is protected !!