खानपिन र पोषणबारे जानकारी :
मानिसको शरीरलाई धेरै प्रकारका पोषक तत्वहरूको आवश्यकता पर्दछ । ती पोषक तत्वहरू शरीरलाई शक्ति प्रदान गर्न, शारीरिक तथा मानसिक वृद्धि र विकास गर्न र रोगको विरुद्ध लड्ने क्षमता वृद्धि गर्नका लागि अति आवश्यक छन् । शरीरका लागि आवश्यक पर्ने विभिन्न किसिमका पोषक तत्वहरू हामीले खानेकुराहरूबाट प्राप्त गर्दछौं । शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वहरू:
- कार्बोहाइड्रेट
- प्रोटिन
- खनिज पदार्थ
- भिटामिन
- चिल्लो पदार्थ
उक्त पोषक तत्वहरू नियमित रूपमा सन्तुलित खानाबाट प्राप्त हुन्छ ।


स्रोतः राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र ।