विश्व मुटु दिवस (World Heart Day)- Use Heart for Action

Post Updated Date: 1 year ago
World Heart Day- Use Heart for Action

This year, 2024, the World Heart Day theme is “Use Heart for Action”.

विश्व हृदय दिवस हरेक वर्ष सेप्टेम्बर २९ मा मनाइन्छ, जसको मुख्य उद्देश्य संसारभरिका मानिसहरूलाई हृदय स्वास्थ्यको महत्त्वबारे सचेत बनाउनु हो । सन् २००० मा विश्व हृदय संघ (World Heart Federation) ले यस दिवसको सुरुवात गरेको थियो, र तबदेखि हरेक वर्ष यो विशेष दिनले हृदयसम्बन्धी रोगहरू रोकथाम गर्न र स्वस्थ जीवनशैली अपनाउन जनचेतना जगाउने काम गर्दै आएको छ ।

विश्व हृदय दिवस (World Heart Day)
विश्व हृदय दिवस (World Heart Day)

वर्तमान समयमा हृदय रोगहरू संसारकै प्रमुख स्वास्थ्य समस्या बन्न पुगेका छन् । गलत जीवनशैली, असन्तुलित आहार, धूम्रपान, र मद्यपान जस्ता कारणहरूले हृदय रोगहरू बढ्दै गएका छन् । साथै, उच्च रक्तचाप, कोलेस्ट्रोलको मात्रा, र मधुमेह पनि हृदय रोगको कारक तत्व हुन् । यी रोगहरूको रोकथामका लागि मानिसहरूलाई समयमै सचेत गराउनु आवश्यक छ ।


विश्व हृदय दिवसको उद्देश्य

विश्व हृदय दिवसको मुख्य उद्देश्य भनेको हृदय स्वास्थ्यप्रति ध्यानाकर्षण गराउनु हो । यस दिवसमा विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ जसमा निःशुल्क स्वास्थ्य शिविर, हृदयसम्बन्धी परामर्श, सचेतनात्मक क्रियाकलाप, र हृदय स्वस्थ्यका लागि जानकारीमूलक सामग्री वितरण गरिन्छ । साथै, यस दिवसले व्यक्ति तथा समुदायहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्दछ ।
यस दिवसले हृदय स्वास्थ्यको महत्वलाई अझ गहिराइमा बुझाउँदै, व्यक्तिगत र सामुदायिक स्तरमा स्वस्थ जीवनशैलीको लागि प्रेरित गर्ने काम गर्दछ । हामीले हाम्रो हृदयको ख्याल राख्न आवश्यक छ, किनभने स्वस्थ हृदयले नै हामीलाई स्वस्थ र दीर्घायु जीवन प्रदान गर्छ।


हृदयलाई स्वस्थ राख्नका लागि उपायहरू

हृदयलाई स्वस्थ राख्नका लागि केही प्रमुख उपायहरू अपनाउन सकिन्छः

  • सन्तुलित आहारः स्वस्थ हृदयका लागि सन्तुलित आहारको विशेष महत्व हुन्छ । फलफूल, हरियो सागसब्जी, ओमेगा-३ फ्याट्टी एसिडयुक्त खाना, र कम चिल्लोयुक्त आहारले हृदयलाई स्वस्थ राख्न मद्दत गर्छ।
  • नियमित व्यायामः नियमित शारीरिक गतिविधिले हृदयलाई बलियो बनाउँछ । हरेक दिन कम्तीमा ३० मिनेटको व्यायामले हृदय रोगको जोखिम घटाउँछ र रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्छ ।
  • धूम्रपान र मद्यपानबाट टाढा बस्नुः धूम्रपानले रक्तनलीहरूलाई गम्भीर हानी पुर्‍याउँछ, जसले हृदयघातको सम्भावना बढाउँछ । मद्यपानले पनि हृदयमा नकारात्मक प्रभाव पार्ने भएकाले यी दुबैबाट टाढा बस्न जरुरी छ ।
  • तनाव व्यवस्थापनः अत्याधिक, दीर्घकालीन तनावले रक्तचाप र हृदयघातको जोखिम बढाउँछ । ध्यान, योग, तथा अन्य तनाव व्यवस्थापनका उपायहरूले हृदयको स्वास्थ्यमा सकारात्मक असर पार्छन् ।
  • नियमित स्वास्थ्य जाँचः नियमित स्वास्थ्य परीक्षणले हृदयसम्बन्धी समस्याहरुको पहिचान गर्न र समयमै उपचार गर्न सकिन्छ । रक्तचाप, कोलेस्ट्रोल, र ब्लड सुगरको नियमित जाँचले हृदय रोगको जोखिम घटाउँछ । समयमै जाँच र परामर्शले गम्भीर अवस्थाबाट बच्न सकिन्छ ।

मेडिकल एण्ड हेल्थ हबको विशेष सन्देश

विश्व हृदय दिवसले सम्पूणर् विश्वलाई हृदय स्वास्थ्यप्रति ध्यान दिन र हृदय रोगहरूबाट बच्नका लागि आवश्यक कदमहरू चाल्न आह्वान गर्दछ । यस दिनले हामीलाई सम्झाउँछ कि हृदय स्वस्थ राख्न व्यक्तिगत प्रयास मात्र नभएर, सामुदायिक र विश्वव्यापी सहयोग पनि आवश्यक छ । हृदय स्वस्थ भएमा हामीले दीर्घायु र सुखी जीवन बिताउन सक्नेछौं।
विश्व हृदय दिवसले हृदय स्वास्थ्यप्रति जनचेतना जगाउन महत्वपूणर् भूमिका खेल्छ । सही आहार, व्यायाम, र जीवनशैली परिवर्तनले हृदय रोगहरूको जोखिम कम गर्न सकिन्छ । यो दिवस हृदयलाई स्वस्थ राख्न प्रेरित गर्ने एक अवसर हो, जसले हामीलाई भविष्यमा स्वस्थ जीवन बिताउन मद्दत गर्छ । अतः हामी सबैले आफ्नो हृदयको ख्याल राख्दै यस दिवसलाई महत्वपूणर् बनाउन योगदान गरौं ।

Print

Latest Blogs and Articles

Hypertension
Nepalese National Formulary (NNF)- Your Guide to Rational Medicine Use
Father’s of Medical Sciences
Father’s of Medical Sciences
Aluminium Hydroxide
List of Prioritized Infectious Diseases for Nepal
५२ सङ्क्रामक रोगहरुको सूची
विश्व र नेपालमा एचआईभी र एड्सको अवस्थाको एक झलक ।
Kallmann Syndrome: Causes, Symptoms, and Treatment
Jaundice: Causes, Symptoms, Treatment, and Prevention
error: Content is protected !!